‘वडाध्यक्ष २०७९ जनताले हो’ गीतमा जनप्रतिनिधिका कथा (भिडियोसहित)
पाेखरा | साउन २१, २०८१
पोखरा: जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी क्षेत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ ।
जनप्रतिनिधिका रुपमा देखे भोगेका अनुभवलाई अधिकारीले तीज गीतमा समेट्नुभएको छ । तुलसी क्षेत्रीको युट्युबबाट सार्वजनिक भएको गीतमा सामाजिक विकास र जनप्रतिनिधिका भोगाइका विषयलाई जीवन्त रुपमा चित्रण गरिएको हो ।
वडाध्यक्ष र उहाँको परिवारबीचको संवादलाई जीवन्त अभिनयका साथ प्रस्तुत गरिएको गीतमा घाम नझुल्कँदै घरबाट निस्कने वडाध्यक्ष साँझ परेपछि तनाब लिँदै घर फर्किएको प्रसङ्गलाई परिवारले आफ्नो कर्मसँग जोड्दै भनेका छन्,
“घर छोडेर हिँड्छौँ तिमी घाम नि नझुल्किँदै,
करिमैले हो मेरो करिमैले हो ।
साँझ परेपछि घर टेक्छौँ सारा तनाव लिँदै,
करिमैले हो मेरो करिमैले हो ।।”
जनताले यस ठाउँबाट आफूलाई निर्वाचित गराएको भन्दै त्यसको जवाफमा भनिएको छ,
“२०७९ मा अघि सारे यो ठाउँबाट मलाई,
जनताले हो मलाई जनताले हो ।
मेरा मनका भावना यी सुनाउँ मैले कस्लाई
जनताले हो मलाई जनताले हो ।।”
घरमा समय दिन नपाउँदाका विवशता, परिवारले गर्ने अनुभूति, गरिबी र बेरोजगारी हटाउनका लागि जनताले दिएको जम्मेवारी, भोट माग्दा सुशासन ल्याउन गरिएका प्रतिबद्धतालगायत विषयवस्तुलाई गीतमा समेटिएको छ ।
वडाध्यक्षको व्यस्तताले घर, खेतबारी, लालाबाला सबै सम्हाल्नुपरेको परिवारको गुनासोका बीच वडाध्यक्षले सपनामा आफूले विकास मात्रै देखेको, दिन दुुःखीका घरमा उनीहरूले छाक टार्न पाएकोलगायत प्रसङ्ग उल्लेख गरिएको छ ।
भरतपोखरीको पुडिटार, कुलिङ हुँदै सिङ्गारेवास बाटोलगायत विकासलाई पनि गीतमा समेटिएको छभने संस्कृति, परम्परा जोगाउनुपर्ने, जनताका समस्या समाधान गर्न घरघरमा पुुगेर गुनासो सुन्ने गरेको विषय प्रस्तुत गरिएको गीतमा रचनाकारसमेत रहनुभएका पोखरा–३३ का वडाध्यक्ष अधिकारीले बताउनुभयो । गीतको छायाङ्कनमा पुडिटारको धार्मिक पर्यटकीयस्थल भुलभुलादेवी मन्दिर, हुडिकोटका साथै वडा कार्यालय देखाइएको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

